Skip to content

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो

काठमाडौं – जाजरकोटमा आएको बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन । अविरल वर्षापछि खोलामा आएको ठूलो बाढीले उक्त क्षति पुर्‍याएको हो । बाढीका कारण भेरी करिडोर सडकखण्डसमेत जोखिममा परेको छ । लगातार वर्षा भइरहेकाले ताक्सुगाड खोलाको बहाव थप बढ्न सक्ने र आसपासका बस्ती तथा सडक क्षेत्रमा जोखिम बढ्न सक्ने स्थानीयले बताएका छन् । प्रहरी तथा स्थानीयले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्