त्यसैगरी, वडा नम्बर १० मा सञ्चालन भइरहेका विकास निर्माणका योजनाहरूको अवस्थाबारे जानकारी लिँदै निर्माण कार्यलाई प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक पहल तथा सहजीकरण गरिएको जनाइएको छ । नगरवासीका समस्या प्रत्यक्ष रूपमा बुझ्ने, विकास निर्माणका कामको अनुगमन गर्ने र विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्ने उद्देश्यले आफू निरन्तर जनताको बीचमा पुगिरहेको उपप्रमुख महर्जनले बताएकी छन् । जनताका समस्या समाधान, विपद् जोखिम न्यूनीकरण र समुन्नत नगर निर्माणका लागि नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ छ । स्थानीयका गुनासा र सुझावलाई सम्बोधन गर्दै विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउने प्रयासले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।
ललितपुर – महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन जनताका समस्या, गुनासा र सुझाव सुन्न घरदैलोमा पुगिरहेकी छन् । नगरवासीका समस्यालाई प्रत्यक्ष रूपमा बुझ्दै समाधानका लागि पहल गर्ने क्रममा उनले आज वडा नम्बर १० मा विपद् जोखिम क्षेत्र तथा विकास निर्माणका कामको स्थलगत अनुगमन गरेकी छन् । अनुगमनका क्रममा उपप्रमुख महर्जनले खोलाबाट उत्पन्न हुन सक्ने विपद् तथा जोखिम क्षेत्रको अवस्थाबारे जानकारी लिँदै खोला नियन्त्रणका लागि भइरहेका कार्यहरूको निरीक्षण गरिन् । उनले स्थानीय वडावासी तथा नगरवासीसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, गुनासा र सुझावसमेत सुनेकी छन् ।



प्रतिक्रिया दिनुहोस्