Skip to content

विश्वकप छनोट प्लेअफका लागि नेपाली टोली घोषणा, को-को परे ?

Nepal Bank

काठमाडौँ – आइसिसी एकदिवसीय पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ । क्यानले शनिबार सार्वजनिक गरेको टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रशिद खान र रोहित पौडेल छन् । त्यस्तै दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम पनि टोलीमा परेका छन् । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुँदैछ। नेपालले हालै सम्पन्न विश्वकप लिग–२ सिरिजमा छैटौँ स्थान हासिल गरेपछि प्लेअफ खेल्न लागेको हो ।

लिग–२ का शीर्ष चार टोली संयुक्त राज्य अमेरिका, स्कटल्याण्ड, नेदरल्याण्ड्स र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । शीर्ष चारमा पर्न नसकेको नामिबिया,नेपाल, क्यानडा र युएईले अब प्लेअफ खेल्न लागेका हुन् । प्लेअफमा लिग–२ का पुछारका चार टोली र आइसिसी च्यालेन्ज लिगबाट आउने चार टोली गरी आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् । १० टोलीबीच हुने ग्लोबल छनोटबाट चार टोलीले २०२७ विश्वकपको मुख्य प्रतियोगितामा स्थान बनाउनेछन्। छनोट प्रतियोगिताको विजेता टोली सिधै विश्वकपको समूह चरणमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्