Skip to content

शिवम् सिमेन्टद्वारा बाढीपीडितका लागि ११ हजार बोरा सिमेन्ट र २१ लाख सहयोग

काठमाडौं – बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा आवास पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेड र यसको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले ११ हजार बोरा सिमेन्ट र २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट रसुवालगायत विभिन्न जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले सहयोग गर्ने निर्णय गरेको जनाएको छ । कम्पनीका अनुसार नेपाल सरकारसँगको समन्वयमा बाढीका कारण घरबास गुमाएका ११० परिवारलाई प्रतिपरिवार १०० बोराका दरले कुल ११ हजार बोरा ‘शिवम् ओ.पि.सि.’ सिमेन्ट निःशुल्क वितरण गरिनेछ ।

त्यस्तै, शिवम् होल्डिङ्स लिमिटेडमार्फत विपद् व्यवस्थापन तथा पुनःस्थापनाको कामलाई तीव्रता दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ जम्मा गरिएको कम्पनीले जनाएको छ । विपद्को यस संवेदनशील अवस्थामा प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन सरकार तथा स्थानीय निकायसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्