Skip to content

आजको मौसम : केही स्थानमा तुवाँलो, पहाडी क्षेत्रमा आंशिक बादल

काठमाडौँ – हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। ती भू–भागसहित देशका बाँकी स्थानमा तुवाँलो लागेको अवस्था छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहने सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति पनि तराईका केही स्थानमा तुवाँलो रहने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्